Weekly JYOTISH Bhabishyawani :::
प्रकाशित मितिः  २०६७ साल, श्रावण १३ गते, विहीवार  29 July 2010
 

समाचार

रेडियो ज्योतिष शिक्षा शिक्षण प्रारम्भ

ज्यो. गणेशप्रसाद तिमिल्सेना

नेपालका राजनीतिक पार्टी नेताहरुले नयाँ नेपालको परिकल्पनालाई कसरी र्सार्थक पार्छन् - कुनै कार्यक्रम स्पष्ट रुपमा आएको छैन ।

आम नेपाली जनताले नयाँ नेपाल के हो - अझै बुझ्न बुझाउन नसकिरहेको अवस्थामा नेपाल ज्योतिष पत्रकार संघ राष्ट्रिय समिति, पोखराले आफ्नो स्थापनाको सातौ वर्षपूरा गरी आठौं वर्षप्रारम्भ भएको शुभ अवसरमा यही मंसिर २२ गते अर्थात् दिसेम्बर ८ तारीख शनिबार बेलुकी ठीक ४ बजेदेखि ४ः४५ बजेबीच रेडियो ज्योतिष शिक्षा शिक्षण कार्यक्रम प्रारम्भ गरी रेडियो अन्नपर्ूण्ा ९३.४ गैह्रापाटन, पोखरामार्फ लाखौं लाख श्रोताहरुलाई ज्योतिषको आधारभूत ज्ञान प्रदान गर्नर्े भएको छ । सम्पादक ज्यो. एच.पी. पन्त रहेको पब्लिक हेल्थ -मासिक) पत्रिका तथा ज्योतिष भविष्यवाणी -साप्ताहिक) लाई सर्न्दर्भ सामाग्रीका रुपमा प्रयोग गरी दिने रेडियो ज्योतिष शिक्षा शिक्षणका लागि प्रमाणपत्र शुल्क रु. ५००।- तथा पत्रिका शुल्क रु. २५।- मात्र  तिरे पुग्ने भएको छ । तीन महिने रेडियो ज्योतिष तालिम प्राप्त गरी  विश्वमै र्सवाधिक सुलभ रुपमा ज्योतिष शिक्षा प्राप्त गरी आम नेपाली जनता तालिम प्राप्त ज्योतिषीको रुपमा स्वरोजगारमा लाग्न सक्ने भएका छन् । नेपाल ज्योतिष पत्रकार संघ राष्ट्रिय समितिका सभापति तथा वरिष्ठ ज्योतिष भविष्यवक्ता डा. बलराम उपाध्याय रेग्मीद्वारा स्वयं दिइने रेडियो ज्योतिष शिक्षा शिक्षण कार्यक्रमका लागि ६ जना विद्यार्थीहरुले प्रवेश र्फम भरिसकेका छन् । प्रत्येक शनिबार बेलुकी ४ देखि ४ः४५ बजेको कार्यक्रम सुन्न कहिल्यै नबिर्सनुहोला ।



 

2005, Weekly Jyotish Bhabishyawani, All Right Reserved

Site Designed & Hosted: www.pokharacity.com