Weekly JYOTISH Bhabishyawani :::
प्रकाशित मितिः  २०६७ साल, श्रावण १३ गते, विहीवार  29 July 2010
 

समाचार

बिरामी हुदा सडग ज्योतिषी हुन बाध्य
तनहूँ जिल्ला निवासी ज्यो तिषी लिलाराज पौडेल आफ्नो स्वास्थ्यले साथ नदिए पछि आफू सडक ज्योतिषी हुन बाध्य भएको "ज्योतिष भविष्यवाणी" सँग बताउँदछन् ।
ज्यो . प्रदीप रेग्मी
तनहूँ जिल्ला निवासी ज्यो तिषी लिलाराज पौडेल आफ्नो स्वास्थ्यले साथ नदिए पछि आफू सडक ज्योतिषी हुन बाध्य भएको "ज्योतिष भविष्यवाणी" सँग बताउँदछन् । आफू जान्ने भएदेखि नै मृगी रोग रहेको तर आफ्ना पिता ज्योतिषी भएकाले बुबासँग सिकेको ज्योतिष शिक्षा नै लिलाराज पौडेलको रोजगार बन्नपुगे को छ । अत्यन्तै सात्विक विचारका सरल स्वभाववाला पौडेल वि.सं. २०५६ सालदेखि नै पोखराको विन्ध्यवासिनी मन्दिर को बगैचामा बसी दैनिक ज्योतिष परामर्श दिँदै आइरहेका छन् ।
विगत केही वर्षमासिक दुइ सय रुपैयाँ बसेको ठाउँको शुल्क तिेर्दै आएता पनि ज्योतिषी पौडेलको अत्यन्तै नाजुक अवस्था देखे पछि विन्ध्यवासिनी विकास समितिले बसेको ठाउँको शुल्क पुरै मिनाह गरि दिएको छ । "दैनिक कम्तिमा कति कमाउनु हुन्छ -" ज्योतिष भविष्यवाणीको एक जिज्ञासाको जवाफ दिँदै "कम्तिमा डेढसय कमाउछु सालाखाला महिनामा ४५ सयदे खि ६ हजार कमाउँछु । कोठा भाडा तिर्न , आफूलाई लाउन खान राम्रै सँग पुगेको छ । बैंकमा २५ हजार बचत पनि छ । विवाह गरे को छैन । एक्लो जीवनलाई राम्रै सँग ज्योतिषको कमाइले चलाइरहेको छु ।" पौडे ले गर्व का साथ भने । स्कूलको शिक्षा खासै लिन नसके पनि कक्षा ८ उत्तीर्ण गरी कक्षा ९ मा पढ्दापढ्दै आफ्ना बुबा स्व. भएपछि आफ्ना दाजुभाइले मृगी रोग लागेका लिलाराजलाई वास्तै नगरे पछि आफ्नो भन्नु पोखरा २ स्थित माता विन्ध्यवासिनी देवी र ज्योतिष शिक्षामात्रै रहेको ज्योतिष भविष्यवाणीलाई जानकारी प्राप्त भएको छ । कक्षा ८ मा उत्तीर्ण भएतापनि प्रा.वि शिक्षकले कमाउँने तलब मासिक आम्दानी ज्योतिष शिक्षाले दिएकोमा ज्योतिषी लिलाराज पौडेल आत्मनिर्भर भई बाँच्न सफल भएकोमा आफूलाई भाग्यमानी ठान्दछन् । 


 

2005, Weekly Jyotish Bhabishyawani, All Right Reserved

Site Designed & Hosted: www.pokharacity.com