• +977-9856020914
  • jbweekly2055@gmail.com
  • English Edition
Jyotish Bhabishyawani Weekly
jbweekly
  • गृहपृष्ठ
  • हाम्रोबारे
  • राशिफल
  • हाम्रो सेवाहरु
  • इ-पेपर
  • सम्पर्क
Trending
  • ज्योतिष भविष्यवाणी मेडियाको वर्ष उत्कृष्ट सम्मान
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पाँचौं नेपाल भ्रमण सम्पन्न
  • गणेश वैज्ञानिक उपचार कै कारण स्थानीय चुनावमा जित भयो : सम्झना अधिकारी
  • वैदिक ज्योतिष विज्ञान विश्वविद्यालय न्वारनका २७ औं वर्ष
  • प्रोफेशनल ज्योतिष तालिम लिने पितम पहिलो
  • प्रजातान्त्रिक विचार समाज कास्कीद्धारा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • दीपेन्द्र श्रेष्ठलाई वरिष्ठ रेडियो पत्रकार सम्मान
Prev Next

ज्योतिष भविष्यवाणी मेडियाको वर्ष उत्कृष्ट सम्मान

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पाँचौं नेपाल भ्रमण सम्पन्न

गणेश वैज्ञानिक उपचार कै कारण स्थानीय चुनावमा जित भयो : सम्झना अधिकारी

वैदिक ज्योतिष विज्ञान विश्वविद्यालय न्वारनका २७ औं वर्ष

प्रोफेशनल ज्योतिष तालिम लिने पितम पहिलो

प्रजातान्त्रिक विचार समाज कास्कीद्धारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Advertise

ताजा समाचार

सबै हेर्नुहोस्
  • Astrology

    ज्योतिष भविष्यवाणी मेडियाको वर्ष उत्कृष्ट सम्मान

    ८ जेष्ठ २०७९, आईतवार ०७:४०March 19, 2023
  • Astrology

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पाँचौं नेपाल भ्रमण सम्पन्न

    ८ जेष्ठ २०७९, आईतवार ०७:२८May 23, 2022
  • Astrology

    गणेश वैज्ञानिक उपचार कै कारण स्थानीय चुनावमा जित भयो : सम्झना अधिकारी

    ८ जेष्ठ २०७९, आईतवार ०७:१४May 23, 2022
  • Astrology

    दीपेन्द्र श्रेष्ठलाई वरिष्ठ रेडियो पत्रकार सम्मान

    २४ फाल्गुन २०७९, बुधबार १७:०१March 19, 2023
  • Astrology

    वरिष्ठ राशिफल लेखक सम्मान असफल गौतमलाई

    २७ चैत्र २०७८, आईतवार ०८:४६April 10, 2022

सम्पादकीय

विश्व ज्योतिष जागरण अभियान नेपालको पाङबाट

विश्व ज्योतिष जागरण, अभियान नेपालबाट शुरु भएको थियो वि.सं. २०७८ भदौ ६ गते बेलुका ४ः५ बजेदेखि एभरेष्ट एफ.एम. ९३ मेगाहर्ज पोखरा–५, प्रस्याङस्थित रेडियो स्टेशनबाट । शुभसाहित भदौ १ गते बिहान ९ः०५ मिनेटमा उद्घाटन गरिए तापनि भदौ ६, २०७८ देखि शुरु गरिएको विश्व ज्योतिष जागरण अभियानले ९ महिना ११ दिनको यात्रा तय गर्न सफल भएको छ ।

पर्वत जिल्लाको पाङ खुर्कोटमा सीमित ज्योतिष शिक्षालाई मेचीदेखि महाकाली १०५० किलोमिटरको दूरीभित्र फैलाउँदै वि.सं. २०५३ फाल्गुन ९ गतेदेखि २०७८ श्रावण महिनाको मसान्तसम्म नेपालका ३९१५ गा.वि.स. हाल ७५३ स्थानीय निकायलाई दक्ष ज्योतिष भविष्यवक्ता तयार गरेपश्चात् शुरु गरिएको ‘विश्व ज्योतिष जागरण अभियान २०७८’ अब विश्वको एकमात्र ज्योतिष जागरण अभियानकारुपमा अगाडि बढिरहेको छ ।


मेची–महाकाली ज्योतिष जागरण अभियानका सह–अभियन्ता रेडियो अन्नपूर्ण ९३.४ का पूर्व कार्यकारी प्रमुख, वरिष्ठ पत्रकार दीपेन्द्र श्रेष्ठको सह–कार्यमा २० वर्ष पूरा गरी २१ वर्षमा लागेपछि वि.सं. २०७८ भदौ १ गतेको दिन करार सम्झौतापश्चात् मेची–महाकाली ज्योतिष जागरण अभियान वरिष्ठ पत्रकार दीपेन्द्र श्रेष्ठकै सहकार्यमा विश्व ज्योतिष जागरण अभियानकारुपमा रुपान्तरण भएर अगाडि बढेको हो ।

ज्योतिष शिक्षा कुनै जात जातिमा सीमित छैन भन्ने पुष्टि श्रेष्ठ र उपाध्याय ब्राह्मण हामी दुई जनाले पुष्टि गरिरहेका छौं । जब एभरेष्ट एफ.एम. ९३ मेगाहर्ज नेपालको पोखरादेखि प्रत्येक साँझ ठीक ४ः४५ बजेदेखि ५ः४५ बजेबीच कार्यक्रम विश्व ज्योतिष जागरण अभियानको आवाज इन्टरनेटको माध्यमबाट विश्वका कुना–कुनामा सुनिन्छ तब यो कार्यक्रम प्रत्येक जातजातिले सुनिरहेका हुन्छन् भन्ने आम श्रोताहरुले बुझेको हुनुपर्दछ । बाहुनले पढ्ने होला है ज्योतिष त ? महिलाले पनि ज्योतिष पढ्न हुन्छ ? दलितले पनि ज्योतिष पढ्न हुन्छ र ? ज्योतिष सिक्न सिकाउन सकिने विद्या होइन । ज्योतिष शिक्षालाई सिकेर के काम ? यसलाई पेशा बनाउन पाइने होइन, ज्योतिष शिक्षा जस्तो ज्ञानको शुल्क लिनै हुन्न । ज्योतिष शिक्षालाई जो कसैलाई सिकाउन हुन्न भन्ने नेपालीलगायत विश्व आम सर्वसाधारणको भ्रम हटाउन सफल मेची–महाकाली ज्योतिष जागरण अभियानको प्रमोशन भएको हो विश्व ज्योतिष जागरण अभियान । मेची–महाकाली ज्योतिष जागरण अभियानका २५ वर्ष सम्पूर्ण ज्योतिष जिज्ञासु, आम नेपालीका लागि महत्वपूर्ण सावित गरेर अब हामी विश्व ज्योतिष जागरण अभियानको यात्रामा छौं ।


झापा जन्म भै हाल कास्की कर्मथलो बनाउनु भएका वरिष्ठ पत्रकार दीपेन्द्र श्रेष्ठ जस्तै के तपाईं पनि हामीसँग सहकार्य गर्न तैयार हुनुहुन्छ ? यदि हुनुहुन्छ भने कार्यक्रम विश्वज्योतिष जागरण अभियानलाई एउटा बुलेट बाइकको आवश्यकता छ । त्यस्तै राम्रो स्तरीय क्यामेराको पनि आवश्यकता छ । तपाईं जो–जोसँग जे छ तपाईं विश्व ज्योतिष जागरण अभियानमा त्यही लगाउन सक्नुहुनेछ । ल्यापटप विक्रेताले एउटा ल्यापटप उपलब्ध गराएर, स्थानीय व्यक्तिले तपाईंको घरमा आउँदा सशुल्क बास, खाना खुवाएर, प्रेसले हाम्रा ज्योतिष शैक्षिक सामग्री प्रकाशित गरिदिएर । हामीसँग जे सेवा उपलब्ध छ, आपसमा विनिमय गर्दै हातेमालो गर्दै अगाडि बढौं तपाईं हामी सामूहिकरुपमा सफल हुने छौं । आफूसँग भएको ज्ञान लुकाएर अरुलाई दिए सकिन्छ कसैले नभनि तपाईं हामी प्रत्येक क्षेत्रमा सहकार्य गरौं विश्वज्योतिष जागरण अभियान पूर्ण सफल हुनेछ । विश्व ज्योतिष जागरण अभियानको पहिलो उद्देश्य विश्वव्यापी ज्योतिष जनचेतना हो भने दोस्रो महत्वपूर्ण उद्देश्य शिक्षित बेरोजगार या आंशिक स्वरोजगारलाई ज्योतिष सिकाएर पूर्ण स्वरोजगार बनाउने हो

। कार्यक्रम विश्व ज्योतिष जागरण अभियानको तेस्रो प्रमुख लक्ष्य हो आ–आफ्नो धर्म तथा राष्ट्रियता, संस्कार, संस्कृतिको जगेर्ना गर्नु । यदि तपाईं माथिका उद्देश्यसँग सहमत हुनुहुन्छ भने माथि उल्लेखित उद्देश्य सफल पार्दै वैदिक ज्योतिष विज्ञान विश्वविद्यालयको स्थापना तथा ज्योतिष शिक्षालाई विश्वव्यापी बनाऔं । कार्यक्रम विश्वज्योतिष जागरण अभियानका प्रथम सहयात्री सहकर्मी वरिष्ठ पत्रकार दीपेन्द्र श्रेष्ठलाई हार्दिक आभार व्यक्त गर्दै तपाईं सबैको सहकार्य निमित् हार्दिक आह्वान गर्दछु । अभियन्ता – विश्वज्योतिष जागरण अभियान ।

राशिफल

भाद्र ६‌गते २०७६ शुक्रवार

मेष-(चू, चे, चो ,ला,ली,लू,ले,लो,अ)

आजको दिनमा जथाभावी-खर्च हुने संभावना बढी देखिएको छ साथै पारिवारिक असहयोग हुने देखिएको छ। आजको दिनमा शिक्षा क्षेत्रबाट खासै फाईदा देखिएको छैन। आज जप्ने मंत्र ॐ विघ्नहर्ताय नमः। राशि तत्व: अग्नि, गुणवत्ता: अस्थिर रंग: गाढा रातो, दिन: मंगलवार राशि स्वामी: मंगल, स्वभाव – चंचलता, उग्र , संगत गर्ने योग्य राशि : सिंह, धनु, भाग्य अंक: 1, 9,18,27
………………………

वृष–(इ, ऊ,ऐ,ओ,व,वि, वू,वे,वो)

आजको दिनमा आरोग्यता प्रसन्नता मिल्ने साथै धनधान्य प्राप्ति हुने योग देखिएको छ। आजको दिनमा पारिवारिक सहयोग तथा नयाँ कामको थालनी गर्दा राम्रो हुनेछ।बग्दोपानी र स्विमिंग पुलमा विशेष ख्याल राख्नुहोला। आज जप्ने मंत्र ॐ नमः शिवाय।राशितत्व: पृथ्वी,, गुणवत्ता: स्थिर , रंग: नीलो, दिन: शुक्रवार, सोमवार ,राशि स्वामी: शुक्र स्वभावः शान्त एवं एकदम उग्र। , संगत गर्ने योग्य राशि : कन्या, मकर , भाग्य अंक: 2, 4, 6, 11,
………………

मिथुन-(का,की,कू, घ, ङ,छ, के, को, ह)

आजको दिनमा हजुरलाई यात्रामा झ्याऊ झमेला हुने साथै गरेको कामबाट खासै फाईदा देखिदैन।आजको दिनमा नयाँ कामको शुरुआत नगर्नुहोला। आज जप्ने मंत्र ॐ हरये नमः । तत्व: वायु, गुणवत्ता: द्विस्वभाव ,रंग: हरियो, दिन: बुधवार, राशि स्वामी: बुध संगत गर्ने योग्य राशि : तुला, कुंभ ,भाग्य अंक: 3, 8, 12, 23
….………………………

कर्कट – (हि हु हे हो डा डि डु डे डो)

आजको दिनमा हजुरको आर्थिक स्थिति मजबूत हुने तथा पारिवारिक सहयोगले रोकिएको काम पुरा हुनेछ। आजको दिनमा यात्रामा लाभ मिल्नेछ। आज जप्ने मंत्र ॐ गं गणपतये नमः। कर्कट राशि , तत्व: जल, गुणवत्ता: मूल , रंग: सेतो, दिन: सोमवार, बिहिबार , राशि स्वामी: चंद्र , संगत गर्ने योग्य राशि : वृश्चिक, मीन, भाग्य अंक: 2, 7, 11, 16, 20, 25
………………………

सिंह-(मा मि मु मे मो टा टि टु टे)

आजको दिनमा मानसिक रुपमा चित्त नबुझेनि शारीरिक स्वस्थता कायम हुनेछ। आजको दिनमा बोल्नुभन्दा अघि सोचेर मात्रै बोल्नुहोला। आज जप्ने मंत्र ॐ आदित्याय नमः। तत्व: अग्नि, गुणवत्ता: स्थिर, रंग: हल्का रातो, आॅरेंज दिन: रविवार राशि स्वामी: सूर्य , संगत गर्ने योग्य राशि : मेष, धनु, भाग्य अंक: 1, 4, 10, 13, 19, 22
……………………….

कन्या-(टो पा पि पू ष ण ठ पे पो)

आजको दिनमा जथाभावी-खर्च हुने संभावना बढी देखिएको छ साथै आजको दिनमा आंतरिक अशांति छाउनेछ। आज नयाँ कामको शुरुवात नगर्नुहोला साथै बग्दोपानीबाट टाढा रहनुहोला। आजको दिनमा जप्ने मंत्र ॐ कार्तिकेय नमः।। कन्या राशि , तत्व: पृथ्वी, गुणवत्ता: द्विस्वभाव , रंग: हरियो , दिन: बुधवार , राशि स्वामी: बुध , संगत गर्ने योग्य राशि : वृष, मकर , भाग्य अंक: 5, 14, 23, 32, 41, 50
……………………………….

तुला-(रा री रु रे रो ता ती तु ते)

आजको दिनमा हजुरको राजकीय कार्यमा बाधा आउने तथा शिक्षाक्षेत्रबाट खासै लाभ देखिएको छैन। आजको दिनमा वाद-विवादबाट टाढा रहनुहोला। आज जप्ने मंत्र ॐ पाशुपते नमः।तत्व: वायु, गुणवत्ता: अस्थिर , रंग: नीलो, दिन: शुक्रवार , राशि स्वामी: शुक्र, संगत गर्ने योग्य राशि : मिथुन, कुंभ , भाग्य अंक: 6,15,24,42
………………………..

वृश्चिक- (तो ना नि नू ने नो या यी यू)

आजको दिनमा आर्थिक स्थिति राम्रो हुनेछ साथै गरेको कामबाट फाईदा हुनेछ।आज नयाँ क्षेत्रमा लगानी गरेको राम्रो हुनेछ। आज जप्ने मंत्र ॐ माधवाय नमः। वृश्चिक राशि , तत्व: जल, गुणवत्ता: स्थिर , रंग: रातो, दिन: मंगलवार , राशि स्वामी: मंगल , संगत गर्ने योग्य राशि – कर्क, मीन , भाग्य अंक: 9, 18, 27, 36, 45, 54, 63, 72, 81, 90
…………………….

धनु – ( ये यो भा भी भू ध फा ढ भे)

आजको दिनमा आर्थिक रुपमा मजबूती मिल्नेछ साथै आफन्तको भेटघाटले घरमा चहल-पहल हुनेछ। आजको दिनमा नयाँ क्षेत्रमा प्रवेश सफलता दिलाउनेछ। आज जप्ने मंत्र ॐ महादेवाय नमः ।धनु राशि , तत्व: अग्नि, गुणवत्ता: द्विस्वभाव , रंग: पहेलो, दिन: बिहीबार , राशि स्वामी: बृहस्पति , संगत गर्ने योग्य राशि : मेष, सिंह , भाग्य अंक: 3, 12, 21, 30
……………………..

मकर-(भो जा जी जे जू जो खा खी खू खे खो गा गी) आजको दिनमा काममा झ्याऊ झमेला हुनेछ साथै शारीरिक थकानपनि महसुस हुनेछ।आजको दिनमा चोटपटक लाग्ने डर हुनाले वाहन चलाउदा विशेष ख्याल राख्नुहोला। आज जप्ने ॐ श्रीकृष्णाय नमः। पृथ्वी, गुणवत्ता: अस्थिर रंग: कालो, दिन: शनिवार , राशि स्वामी: शनि संगत गर्ने योग्य राशि : वृष, कन्या, भाग्य अंक: 1, 4, 8, 10, 13, 17, 19, 22, 26

……………………..

कुम्भ – (गू गे गो सा सी सू से सो द)

आजको दिनमा आफुभन्दा सानो व्यक्तिसंग विवाद पर्ने झगड़ा हुने साथै सानो तिनो रोगले छुनेछ। आजको दिनमा नयाँ कामको शुरुआत नगर्नुहोला। आजको दिनमा पेट तथा कम्मर सम्बन्धित रोग लाग्ने देखिएको छ। आज जप्ने मंत्र ॐ गं गणपतये नमः। तत्व: वायु, , गुणवत्ता: स्थिर, रंग: कालो, दिन: शनिवार , राशि स्वामी: शनिवार संगत गर्ने योग्य राशि : मिथुन, तुला, भाग्य अंक: 4, 8, 13, 17, 22, 26
…………………….

मीन -(दी दू थ झ ञ दे दो चा ची)

आजको दिनमा आरोग्यता धन लाभ तथा विद्याक्षेत्रमा प्रगति हुनेछ।आजको दिनमा गरकेओ काममा सफलता मिल्नेछ। आज प्रेम प्रंसंग सुमधुर हुनेछ। आज जप्ने मंत्र ॐ गुरवे नमः ।तत्व: जल, , गुणवत्ता: द्विस्वभाव रंग: पहेलो , दिन: गुरुवार, राशि स्वामी: गुरु संगत गर्ने योग्य राशि : कर्क, वृश्चिक भाग्य अंक: 3, 7, 12, 16, 21, 25, 30, 34,

दैनिक राहुु काल, अशुभ समय

साप्ताहिक शुभसाहित

१. २०७९ फाल्गुन १८ गते
विहीवार पश्चिम दिशाकोमात्र यात्रा गर्नु शुभ रहेको छ।
२. २०७९ फाल्गुन १९ गते
शुक्रवार दक्षिण दिशाकोमात्र यात्रा गर्नु शुभ रहेको छ।
३ .२०७९ फाल्गुन २० गते
शनिवार पश्चिम र उत्तर दिशाकोमात्र यात्रा गर्नु शुभ रहेको छ।
४. २०७९ फाल्गुन २१ गते
आइतवार कुनै पनि दिशाको यात्रा गर्नु शुभ छैन।
५. २०७९ फाल्गुन २२ गते
सोमवार उत्तर दिशाकोमात्र यात्रा गर्नु शुभ रहेको छ।
६. २०७९ फाल्गुन २३ गते
मंगलवार पूर्व दिशाकोमात्र यात्रा गर्नु शुभ रहेको छ।
७. २०७९ फाल्गुन २४ गते बुधवार
पूर्व र दक्षिण दिशाकोमात्र यात्रा गर्नु शुभ रहेको छ।

फिचर

सबै हेर्नुहोस्

ज्योतिष भविष्यवाणी मेडियाको वर्ष उत्कृष्ट सम्मान

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पाँचौं नेपाल भ्रमण सम्पन्न

गणेश वैज्ञानिक उपचार कै कारण स्थानीय चुनावमा जित भयो : सम्झना अधिकारी

वैदिक ज्योतिष विज्ञान विश्वविद्यालय न्वारनका २७ औं वर्ष

हे मनुष्य! तिमी कर्म गर्न‌‌ सक्छौ फल तोक्न‌ सक्दैनौं/ज्योतिषाचार्य मधु रेग्मी (कृष्ण )

भारतीय महिला नेता सुष्मा स्वराजको स्वामी पत्नी दशामा निधन/ ज्योतिष शिरोमणि डा बलराम उपाध्याय रेग्मी

ASTROLOGER MADHU REGMI KRISHNA

ज्योतिष के हो शायद हामीले बुझाउन सकेनौ।/astrologer madhu regmi ‘krishna’

मेडिया काउन्सिल विधेयक विरुद्ध अन्तक्र्रिया

अमेरिकाको डी.भी. चिट्टाभन्दा गणेशशान्ति दुर्लभ

Webpage Nepal

पुरा पढ्नुहोस्

सम्पादक समूह

  • अध्यक्ष/ प्रधान-सम्पादक/ प्रकाशक: डा. बलराम उपाध्याय रेग्मी
  • संवाददाता: डा. मधु रेग्मी
  • संवाददाता: डा. सीता रेग्मी

सम्पर्क

  • Office Address:Pokhara-2, Kaski, Nepal
  • Email:jbweekly2055@gmail.com
  • Call us:+977-9856020914
  • सूचना विभाग दर्ता नं.: 3017/2078/2079

  • गृहपृष्ठ
  • हाम्रोबारे
  • राशिफल
  • हाम्रो सेवाहरु
  • इ-पेपर
  • सम्पर्क
© Copyright 2007-2025, All Rights Reserved by www.jbweekly.com | Designed by Webpage Nepal